५ जेष्ठ २०८१, शनिबार

अखिल (क्रान्तिकारी) दार्चुला जिल्लाको ८ औं सम्मेलन सम्पन्न

0

 

दार्चुला: नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दार्चुला जिल्लाको ९ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार जिल्लास्थित एक विद्यालयमा भएको सम्मलेनले नरेश जोशीको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन समापन भएको हो ।

सम्मेलनले अध्यक्षमा नरेश जोशी, उपाध्यक्षमा दीपक ठगुन्ना , सचिवमा डम्बर जोशी, सहसचिवमा हेमन्ती सी र कोषाध्यक्षमा सन्तोष सीसहित २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनमा प्रमुख अथिति रहेका नेकपा महाकाली ब्युरो इन्चार्ज समर सीले नेपालको समाजवादी शैक्षिक आन्दोलनको नेतृत्वलाई समाल्न सक्ने विद्यार्थी संगठन निर्माण गर्न सबै कमिटीले आ-आफ्नो तहमा खट्नुपर्ने बताएका छन् । उनले संगठनको २३ औं राष्ट्रिय सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न सम्पूर्ण किसिमको तयारीमा जुट्न कमिटीहरुलाई निर्देशन समेत दिएका छन् । साथै नेता समरले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उक्त सम्मेलनमा अतिथिहरुमा पार्टीका केंद्रीय सदस्य कमल सी, अखिल (क्रान्तिकारी) केन्दीय सचिव प्रकाश सी,अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्ज शंकर सी , नेकपा दार्चुला सचिव मुक्ति सी लगायत विद्यार्थीहरू सहभागि रहेका थिए ।

यति बेला २३ औं राष्ट्रिय सम्मेलनको तयारी जुटिरहेको छ । अखिल (क्रान्तिकारी) को सम्मेलन आउँदो फागुन ६ देखि १० गते सम्म काठमाण्डौंमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।