४ जेष्ठ २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) बर्दियाको २१ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न

0

बर्दिया । अखिल (क्रान्तिकारी) को पूर्वी र पश्च्मि बर्दिया जिल्लाको संयुक्त २१ औं जिल्ला सम्मेलन बवई बुहुमुखी क्याम्पसको सभाहलमा नयाँ नेतृत्व निर्वाचित गर्दै सोमबार सम्पन्न भएको छ ।

‘नेपाली बिशेषताको समाजवादका लागि हाम्रो आन्दोलन, पुँजीवादी शिक्षा प्रणालीका विरुद्ध,निःशुल्क र वैज्ञानिक शिक्षा प्राप्तिका लागि २१औं जिल्ला सम्मेलन’ भन्ने मुल नारा सहित पूर्वी वर्दिया र पश्चिम बर्दिया जिल्लाको जिल्ला सम्मेलन संयुक्त रुपमा सम्पन्न गर्दै अलग अलग कार्यसमिति निर्वाचित गरिएको हो ।

सम्मेलनले कोपिला सीको अध्यक्षतामा ३१ सदस्यीय पूर्वी र संगीता सीको अध्यक्षतामा ३५ सदस्यीय पश्चिम जिल्लामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।
सम्मेलनका प्रमुख अतिथि संगम सीले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समाजवादी सत्ता ल्याउने अभियानमा विद्यार्थीको महत्वपूर्ण जिम्मेवारी हुने बताए । उनले बैज्ञानिक तथा व्यवहारि निशुल्क शिक्षा प्राप्तिका लागि फेरी पनि संघर्षको विकल्प नभएको बताए ।

उनले वुर्जुवाहरुले विद्यार्थी संगठनलाई दलाल सत्ताको भ¥याङ् बनेको चर्चा गर्दै क्रान्तिकारी विद्यार्थी संगठनले सचेत बिद्रोहको नेतृत्व गर्नु पर्ने बताए ।
सम्मेलनका विशेष अतिथि केन्द्रीय कार्यालय सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज बबरजङ्ग सी शैक्षिक विकृत्ति र विसंगति विरुद्ध सडक बाघका रूपमा स्थापित अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका लागि सदैव संघर्षमा रहेको बताए ।

उनले उच्च शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउनुपर्ने र विद्यालय शिक्षा निःशुल्क र सिपमुलक बनाउनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया इन्चार्ज हिमशिखर सीले शिक्षालाई अनिवार्य श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउँदै श्रममा हीनताबोध होइन गौरव गर्ने शिक्षा प्रणाली आवश्यक रहेको बताए । केन्द्रीय सदस्य नारायण सीले राष्ट्रलाई आवश्यक पर्दा संघर्ष गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्वी जिल्ला सेक्रेटरी संगिन सी, पश्चिम जिल्ला सेक्रेटरी राम सी, श्रमिक समुदाय मोर्चा नेपालका ब्यूरो संयोजक बलमान सी, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा बर्दिया इन्चार्ज रेशम अधिकारी, बबई क्याम्पसका शिक्षक सिद्धराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

दक्षिण कर्णाली ब्युरो इन्चार्ज हरि सी को अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डिल्ली सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।