८ मंसिर २०८१, शनिबार

दलाल पुँजीवादको विकल्प नै समाजवाद होः आस्था सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पिविएम आस्था सीले नेपालमा पछिल्लो राजनीतिक संकट दलाल पुँजीवादले ल्याएको भन्दै दलाल पुँजीवादको विकल्प समाजवाद मात्र भएको ठोकुवा गरेकी छन ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण बाँकेले जानकी गाउँपालिकामा आईतवार आयोजना गरेको ‘वर्तमान परिस्थिति,राज्यको संकट र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ आस्थाले दलाल पुँजीवादको विकल्प समाजवाद मात्र भएको ठोकुवा गरेकी हुन ।

उनले नेपालमा समाजवादमा पुग्ने शर्तमा ४ दलिय समाजवादी मोर्चा बनेको र यहि मोर्चाको माध्यमबाट नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताईन ।

उनले मोर्चा बन्नु सकरात्मक पक्ष भएको भन्दै मोर्चा मार्फत समाजवादको बारे जनता सम्म पुग्नुपर्ने बताईन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीले समाजवाद अनिर्वाय भएको बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य राजेश कुमार वर्मा, नेकपा (माओवादी केन्द्र)का जानकी गाँउपालिका इन्चार्ज.रक्षा, अध्यक्ष अम्मर बहादुर मगर, शिक्षक सन्त राम गुप्ता,जानकी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष चन्द्र भाल कादु र राम कुर्मी लगायतले आ–आफ्नो विचार राख्दै नेपालको संकटको निकास समाजवाद भएको बताएका थिए । उनीहरुले समाजवादको आवश्यकतामाथि विवाद नभए पनि मोडेलको बारे छलफल र वहस हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समिरजंग सी,नारायण सीको पनि सहभागिता रहेको थियो । नेकपा जानकी गाउँपालिका इन्चार्ज भगत सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अमृता सीले गरेकी थिईन भने स्वागत मन्तव्य डिल्ली सीले दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।