कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पश्चिम कालिकोटले पार्टीका जिल्ला कमिटि सदस्य छाँया सीका बुवा रास्कोट नगरपालिका ८ बाङग्री निवासी ७५ बर्षिय दले लुवारको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज बलवान सी र पश्चिम जिल्ला सेक्रेटरी शाहसी सीले आईतवार एक शोक वक्तव्य जारी गर्दै वुवाको माघ १९ गते राति १० बजे निधन भएकोमा पार्टीलाई स्तव्ध बनाएको भन्दै मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
नेकपाले जारी गरेको शोक वक्तव्य मार्फत शोकाकुल घरपरिवार,आफन्तजन र सबैमा शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गहिरो समबेदना व्यक्त गरेको छ ।
बुवा दले लुवारका छोरी छायाँ सी नेकपाको कालिकोट जिल्ला कमिटी सदस्य तथा कर्णाली मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत हुन । बुवा दलेका छोरा नरपति सुनार राष्ट्रिय सभा सदस्य समेत छन ।
शोक वक्तव्य