१ जेष्ठ २०८१, मंगलवार

जनताको आधारभूत आवश्यकता पुरा हुने समाजवाद चाहिन्छः आधार सी

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य आधार सीले जनताको आधारभूत आवश्यकता पुरा हुने समाजवादी व्यवस्था चाहिएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पूर्वी बर्दियाले गुलरियामा शनिवार आयोजना गरेको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट व्यूरो सदस्य आधार सीले यस्तो कुरा बताएका हुन ।

उनले पुँजीवादी दलाल व्यवस्थामा जनताका आधारभूत आवश्यकताहरु कहिल्यै पुरा नहुने र राष्ट्रिय स्वाधीनता पनि खतरा भईरहने भएकाले नेपाली विशेषताको समाजवादले मात्र जनताका आधारभूत आवश्यकता पुरा हुने र स्वाधीनता बलियो हुने दाबी गरे ।

उनले राज्यले गाँस, बास, कपास मात्र नभई २१ औं शताब्दीको जनताका आधारभूत सबै आवश्यकता पूरा हुने व्यवस्था जनताले चाहेको जिकिर गरे ।

उनने भने ‘अहिलेको राज्य व्यवस्था जनताको होइन, यो दलालहरुको हो । नेपालको संघीयता पनि जनताको हितमा छैन, यसवारे मन्थन गर्नुपर्छ । देशमा भ्रष्टाचार र दलालहरुलाई उम्काउने र जनतालाई शोषण गर्ने अधिनायकवाद लादिएको छ । नेपालको वैदेशिक कुटनीतिक नीतिलाई पनि सच्चाउनु पर्छ । नेपालका पूर्वजहरुले गरेको राम्रा कुराहरुलाई राज्यले अनुशरण गर्दै प्रेरणाका रुपमा लिनु पर्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् बर्दिया ईन्चार्ज हिमशिखर सीले नेपाली विशेषताको समाजवादबारे सचेत पार्न जिल्लाका सबै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गरिने बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता प्रताप कुमार गौतमले बिपीको समाजबाद स्मरण गराउँदै पार्टीको सिद्धान्तमा भएको समाजवादलाई व्यवहारमा लागु गर्न नसक्दा समस्या पैदा भएको जिकि गरे ।

बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक प्रेम अधिकारीले नेपालमा समाजवादको मोडल स्पष्ट नभएको र जनता अलमलमा परेको भन्दै नेपाली विशेषताको समाजवाद जनता सम्म बुझाउन सुझाव दिए ।

कार्यक्रममा कमला घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, बर्दिया जिल्ला अदालत बार एशोसिएशनका सचिव दिवाकर खनाल लगायतले नेपाली विशेषताको समाजवादका बारेमा आ –आफ्नो धारणा राखेका थिए । कार्यक्रम हरि प्याकुरेल सीले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।