१६ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा महेश सी निर्वाचित

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मध्य चितवन जिल्लाको भेला नारायणगढस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ
भेलालाई सम्बोधन गर्दै भेला का प्रमुख अतिथि रुद्र सीले युवा विद्यार्थी एक भएर अगाडि आए मात्रै यो दलाल संसदीय व्यवस्थालाई जरैदेखि फालेर समाजवाद प्राप्त गर्न सकिने बताए । साथै उनले जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध खरो उत्रन निर्देशन दिएका थिए ।

भेलाका विशिस्ट अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज तारा सीले नेपालको सबै खाले परिवर्तनकारी आन्दोलनहरुमा विद्यार्थीको योगदान अतुलनीय रहेको भन्दै एक पटक नेपालको कथित दलाल पुजीवादी संसदीय व्यवस्थालाई ध्वस्त बनाएर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने आन्दोलनमा होमिनु पर्ने बताइन् ।


यो दलाल पुजीवादी राज्यव्यवस्था रहदासम्म नेपालको शिक्षा, स्वास्थ, रोजगारीलगायत हरेक क्षेत्रमा आमूल रुपान्तरण असम्भव रहेको उनको भनाइ थियो ।
साथै एक फरक प्रसंगमा उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताइन् ।
यो गणतन्त्र ल्याउन का लागि 0% पनि भुमिका नखेलेकाहरु आज हामीले ल्याइदिएको गणतन्त्रको स्वाद चाख्दै, मसानघाट्मा खरानी भैसकेको राजतन्त्र ब्युताउने दिवासपना देख्दै होस बेहोसमा सडकमा चिच्चाइरहेका छन् ।
यस्ता दिवासपना नदेख्न चेतावनी दिदै उनले भनिन्, ‘ राजा चाहिन्छ भन्दै वकवास गर्ने तत्वहरुले हाम्रो पार्टी विरुद्ध अनावश्यक बोल्दै हिडे महंगो पर्न सक्छ ।’

अर्का वक्ता नेकपा मध्य चितवन सेक्रेटरी भरत सीले शुभकामना दिदै विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा आवज बुलन्द गर्न सुझाव दिएका थिए ।

भेलाले अध्यक्ष महेश सी, उपाध्यक्ष विकास सी, सचिव इन्द्रमाया सी, सहसचिव सौरभ सी, कोषाध्यक्ष खिम्चुरी सीसहित ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।


। नेपाल कम्युनिस्ट पार्टी मध्य चितवन जिल्ला इन्चार्ज रुद्र सीको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज तारा सीको विशिष्ट आतिथ्यता र नेकपा मध्य चितवन सेक्रेटरी भरत सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष केशवराज शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव राजेन्द्र ढकाल, नेकपा मध्य चितवन कार्यालय सचिव कृष्ण सी, नेकपा भरतपुर महानगर इन्चार्ज आलोक सी, विद्यार्थी नेता सुदिप सी, नेकपा ब्यूरो कार्यालय सदस्य दिपक सी, अशोक सी, श्रमिक संगठनका जिल्ला अध्यक्ष अमृत सी, युवा संगठनका सुमित सी, जनस्वास्थ्य संगठनका होमनाथ सीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।