१५ बैशाख २०८१, शनिबार

२९ औं जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) द्वारा दीप प्रज्वलन

0

अखिल (क्रान्तिकारी) बागमती कमाण्डको आयोजनामा जनयुद्ध दिवसको अवसरमा रत्नराज्य क्याम्पस अगाडि दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा शुभकामना दिदै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले जनयुद्धको महान लक्ष्य उदेश्य पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी संघर्षरत रहेकाले सबै गोलबद्ध हुनुपर्ने बताए ।
साथै उनले अहिले केही तत्वहरु जनयुद्धको विरुद्धमा अनेक कुतर्कहरु गर्न लागेको भन्दै तिनीनिहरुले जनयुद्धबारे गहिरो अध्ययन गर्न सुझाव दिए । संगठनका महासचिव ललित सीले जनयुद्ध जनताको महान ऐतिहासिक आन्दोलन भएको बताउदै जनयुद्धको बाँकी अधुरो सपना पूरा गरि छाड्ने बताए ।


कार्यक्रममा संगठनका सचिव प्रकाश सीले केहि तत्वहरु जनयुद्धको उद्देश्यबाट विचलित च्युत भएर भागेको भन्दै जनयुद्धको उद्देश्य पूरा गर्न सबै एक हुनुपर्ने बताए । उनले अहिले कम्युनिस्ट अथवा हिजोको माओवादी धार अहिले विभिन्न समुहमा विभाजित भएको भन्दै यदि साच्चै जनयुद्धमा देखेको सपना पूरा गर्ने हो भने विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा गोलबद्ध हुनुपर्ने बताए ।
कार्यक्रमको संचालन बागमती कमान्ड इन्चार्ज मदन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।