१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) दैलेखको १४ औं जिल्ला सम्मेलन सम्पन्न

0

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको १४ औं जिल्ला सम्मेलन मंगलबार आठबिस १ मा सम्पन्न भएको छ ।
उक्त सम्मेलन उद्घाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज एवम् प्रमुख अतिथि कलम सीले सम्बाेधन गर्दै विद्यमान दलाल पुँजीवादी राजनीतिक प्रणालीले अहिलेको शिक्षा क्षेत्रका समस्याहरु हल नहुने बताए । उत्पादनमुलक, व्यवहारिक शिक्षा प्रणालीका लागि नेपाली विशेषताकाे समाजवाद आवश्यक रहेकाेमा जाेड दिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज अतिथि तुलराज सीले २०२८ सालमा पन्चायतले बनाएको शिक्षा नीति अहिलेको पुस्ताको जीवन उपयोगी नभएको र यसको विकल्प वैज्ञानिक समाजवादी शिक्षा मात्रै हुन सक्ने बताए । जिल्ला सेक्रेटरी प्रकाश सीले अबको क्रान्ति विद्यार्थीबाट मात्र सम्भव भएको बताए ।

बन्द सत्रबाट गोपिराम सीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित भएको अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज उदयराज सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।