७ पुष २०८१, आईतवार

अखिल (क्रान्तिकारी) डोटीको चौथो सम्मेलन सम्पन्न, अध्यक्षमा लोकेन्द्र सी

0

डोटी: नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी डोटी (उत्तर) को जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार भएको सम्मलेनले लोकेन्द्र सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन समापन भएको हो ।

सम्मेलनले अध्यक्षमा लोकेन्द्र सी, उपाध्यक्षमा जुनेली नेगी, सचिवमा केशव परियार, सहसचिवमा जानकी भट्ट र कोषाध्यक्षमा छविराज कुँवरसहित १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

लोकेन्द्र सीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा प्रमुख अथिति नेकपा डोटी इन्चार्ज बिमल सी, अतिथिमा पार्टी जिल्ला सचिव मोहन सीलगायत अन्य विद्यार्थीहरू सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।