२७ बैशाख २०८१, बिहीबार

नेकपा प्रवक्ता प्रकाण्डले स्टाप र पारिवारिक सदस्यहरुकाबिच दिप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाए

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले मंगलावार साँझ दिप प्रज्वलन गर्दै स्टाप र पारिवारिक सदस्यहरुका बिच २९ औ जनयुद्ध दिवस मनाएका छन ।

ललितपुरको एकान्तकुना निवासमा कार्यालयका स्टाप र पारिवारिक सदस्यहरुको सहभागितामा दिप प्रज्वलन गर्दै २९ औं जनयुद्ध दिवस शुभकामना आदान प्रदान गर्दै मनाएका हुन ।

उनले सो अवसरमा जनयुद्ध सुरु भएको दिन नेपाली जनताको मुक्तिको विद्रोहको दिन भएको बताए । प्रवक्ता प्रकाण्डले आज भन्दा २९ वर्ष अगाडि नेपाली जनताले आफ्नो मुक्तिको निम्ति तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विदोह सुरु गरेको बताए ।

उनले भने ‘माओवादीको नेतृत्वमा देशमा परिवर्तनको लागि विद्रोह सुरु गरेको दिन हो । त्यतिवेला निरंकुश राजतन्त्रात्मक संसदीय सामन्ती राज्य व्यवस्था थियो । त्यसले नेपाली जनतामाथि ठुलो अत्याचार गरेको थियोे । त्यसका विरुद्धमा विद्रोह गरेको दिन हो ।’

उनले आत्मसत्ताको निम्ति, आफ्नो अधिकारको निम्ति, आफ्नो मुक्तिको निम्ति, आफ्नो प्रगतिको निम्ति सभ्य समाज निर्माणको निम्ति, राष्ट्रको स्वाधीनताको निम्ति नेपाली जनताको सहभागितामा जनयुद्ध भएको दाबी गरे ।

प्रवक्ता प्रकाण्डले ६२ ÷६३ वरिपरि आउनेवेला हजारौँ हजार नेपाली युवाहरूले ज्यान गुमाएर आफ्नो अधिकारको निम्ति लडेको स्मरण गरे । उनले जनयुद्ध,जनआन्दोलन र एकीकृत जनक्रान्तिका सहिदहरुप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्दै घाईते योद्धा वेपत्ता योद्धा प्रति सम्मान व्यक्त गरे ।

उनले शान्तिप्रक्रिया पछि केही नेताहरूले जनयुद्धलाई धोका दिएकाले यसको सपना पुरा हुन नपाएको भन्दै अबका दिनमा नेकपाले जनयुद्धको सपना पुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने ‘जनताको मुक्ति र राष्ट्रको स्वाधीनताको लागि आवश्यक पर्दा नेकपाले थप बलिदान दिन तयार छ । जबसम्म श्रम गरेर बाँच्ने जनताको राज्य व्यवस्था हुँदैन, त्यो बेलासम्म निरन्तर एकीकृत जनक्रान्ति मार्फत जनयुद्धको सपना पुरा गर्न सङ्घर्षमा जान्छौ ।’

पारिवारिक सदस्य तथा कार्यालय स्टापहरुको सहभागितामा भएको शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन कार्यक्रमको सञ्चालन तथा अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विश्वास सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।