१ जेष्ठ २०८१, मंगलवार

प्रतिगमनलाई रोक्न श्रमिक मजदुरले सशक्त कदम चाल्नु पर्छ : शिलु सी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सीले देशमा बढ्न लागेको प्रतिगमनकारी हर्कतलाई रोक्न श्रमिक मजदुरले सशक्त कदम चाल्नु पर्ने बताएकी छन् ।
शनिबार कपिलवस्तुमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको नवौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता शिलुले यस्तो बताएकी हुन् ।
राष्ट्रिय राजनीति चरम संकटमा गएको र दलाल पुजीवादी संसदीय व्यवस्थाको अवसान निश्चित भएकोले क्रान्तिकारी र श्रमिक वर्गले अग्रगामी पहल नलिने हो भने पश्चयगमनले टाउको उठाउने अवस्था आउन सक्छ भन्दै त्यसलाई रोक्न श्रमजीवी वर्गको लागि नेकपाको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संगठनलाई रुपान्तरणसहित अगाडि बढ्नु पर्नेमा निर्देशन दिइन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौ राष्ट्रिय सम्मेलनको तयारीको लागि महासंघका केन्द्रीय अध्यक्ष श्याम सीको अध्यक्षतामा बसेको नवौं केन्द्रीय कमिटीको बैठकले ‘मे दिवस’ काे दिन चितवनमा हुने संघको राष्ट्रिय सम्मेलन तयारीका लागि सदस्यता नविकरण र महासंघको विभिन्न जिल्लाहरुमा सम्मेलनको सहजताका लागि देशलाई तीन कमाण्डमा विभाजन गरि विभिन्न विभागको गठन गरेको छ ।
बैठले श्याम सीको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गर्नुका साथै बितेका कालखण्डको समीक्षा गर्दै आगामी कार्ययोजनासहितको प्रतिवेदन एकमतका साथ पास गरेको छ ।
उक्त बैठकमा मातृ पार्टीबाट प्रमुख अतिथिमा शिलु सी र अतिथिमा जिवन्त सी, मिना सीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।