२७ बैशाख २०८१, बिहीबार

युवा संगठन नेपाल, पश्चिम चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न

0

चितवन: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम जिल्ला समिति चितवनको जिल्ला सम्मेलन  सम्पन्न भएकाे छ । सम्मेलनले अर्पण सीको नेतृत्वमा  १५ सदस्यीय जिल्ला  समिति चयन गरेको छ ।

मैनबत्ती बालेर सम्मेलनकाे उद्घाटन गरेका नेकपा पाेलिट ब्युरो सदस्य एटमले  दलाल सत्ता विरुद्ध सबै युवाहरु गोलबद्ध भइ यो सत्ता फ्याक्न जुट्नुपर्ने बताए । सम्मेलनलाई सम्बोधन गर्दै एटमले एसपीपी जस्ता जनघाती सम्झौताहरु विरुद्ध युवाहरु एकजुट भई संघर्षमा उत्रिनु पर्नेे बताए ।

अर्का अतिथि नेकपा केन्द्रिय सदस्य उत्सवले युवाहरु सिंह जस्तो हुनुपर्ने बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका महासचिव तिलक सीले धनगढिमा हुन लागेको ५ औं  राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

नेकपाका जिल्ला सेक्रेटरी अटल सीले जापानी साम्राज्यवादले  चीनमा गरेको अफिम युद्धलाई सम्झदै अहिले साम्राज्यवादले नेपालमा लागू औषध र डिजिटल एडिक्सनमार्फत युवाहरुको मनोविज्ञान भत्काएर निरास बनाइरहेको बताए । उनले पश्चिम चितवनका भुमाफिया र भ्रष्टाचारी विरुद्ध जेहाद छेड्न समेत अपिल गरे ।

सम्मेलनमा नेकपा पश्चिम् जिल्ला इन्चार्ज  दिनेश सी, सेक्रेटरी अटल सी, युवा सङ्गठनका पश्चिम् नारायणी इन्चार्ज विवेक सी, युवा सङ्गठनका केन्द्रिय सदस्य अशोक सी, पार्टीका जिल्ला सल्लाहकार लक्ष्मण सी र भरतपुर इलाका इन्चार्ज तिलकुमार सी रहेका थिए । 

कार्यक्रमको संचालन पार्टी जिल्ला सदस्य हिमाल सीले गरेका थिए भने अध्यक्षता युवा संगठन नेपालका जिल्ला संयोजक अर्पणले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।