२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय साधारण सभा फागुन २८ र २९ गने हुने

0

धादिङ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय साधारण सभा आगामी फागुन २८ र २९ गते काठमाडौमा हुने भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको शनिवार धादिङकोवेशीमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी फागुन २८ र २९ गते काठमाडौमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न व्यवस्थापकीय समिति समेत गठन गरेको छ ।

बैठकले तत्काल जिल्ला तथा प्रदेश अधिवेशन नहुने अवस्थामा संघका जिल्ला शाखाका अध्यक्ष तथा सिफारिस गरेको प्रतिनिनिध,प्रदेश शाखाका अध्यक्ष तथा सचिव सहभागी हुने गरी प्रतिनिधि तोक्ने निर्णय गरेको छ । बैठकले आगामी फागुन १० गते सम्म प्रदेश स्तरका संघका बैठक बसेर संगठन सृदृढ गर्ने पनि संघले निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय दलित पत्रकार संघ नेपालको करिव दुई वर्ष सम्म नविकरण हुन नसकेकोले काममा वाधा पुगेको निश्कर्ष निकाल्दै साधारण सभा पछि नविकरण गर्ने र देशभर सक्रियताका साथ संगठनलाई लिने निर्णय गरेको छ । बैठकमा विभिन्न राजनीतिक पार्टीसंग आस्था राख्ने दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।