२७ बैशाख २०८१, बिहीबार

दलित पत्रकारहरुले दलितहरुका मुद्धा जोडदार उठाउनुपर्ने बक्ताहरुको जोड

0

धादिङ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले राष्ट्रियस्तरमा दलितहरुका मुद्धा जोडदार उठाउनु पर्ने शनिवार धादिङवेशीमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले बताएका छन ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय समितिको धादिङवेशीमा सुरु हुने पूर्णबैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरुलाई राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा धादिङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले यस्तो कुरा बताएका हुन ।

बक्ताहरुले दलितहरुका मुद्धा राष्ट्रियकरण गर्न र संविधानले शुनिश्चि गरेका अधिकारहरु लागु गर्न राज्य चुकेको बताएका छन ।
बक्ताहरुले संविधानमा एकहदसम्म अधिकारका कुरा समेटिएको भएपनि राज्य संचालकहरुले कार्यान्वयनमा व्यवास्ता गरेर दलित समुदायमाथि अन्याय गरेको आरोप लगाएका छन ।

स्वागत कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले सम्बोधन गर्दै अजिर मिजार लगायतका धादिङमा भएका विभेदका घटनाहरु काठमाडौंको छायाँमा परेको र पीडितहरुले न्याय नपाएको बताए ।

उनले राजनीतिक हिसावले ठुला –ठुला परिवर्तन भएपनि दलितहरुको जीवनस्तरमा खास्सै परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरे ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले दलित समुदायको अधिकार स्थापित गर्नका लागि दलित पत्रकारहरुले मिशन पत्रकारिता चलाउने पर्ने विचार राखे ।

उनले संविधानले दलित समुदायलाई स्थानीय सरकारदेखि संघीय सरकार सम्म पुर्याउने केही बाटो खोलेपनि यो प्रयाप्त नभएको भन्दै राजनीतिक दलहरुले नै दलित समुदायलाई अवसर दिनेमा कन्जुसाई गरिरहेको आरोप लगाए ।

स्वागत कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दलित अगुवा गोपाल विश्वकर्माले संविधानले व्यवस्था गरेका दलितहरुका मौलिक अधिकार लागु हुन नसकेकोमा असन्तुष्टि पोख्दै दलित पत्रकारहरुले यसबारे किन नलेखेको हो ? भनि रोस प्रकट गरे ।

उनले २१ सय विद्यालयको फि तिर्न नसक्दा र विद्यालयले अपमानीत गर्दा दलित विद्यार्थी अजित मिजारले आत्महत्या गर्दा सम्म मुलधारका मिडिया र दलित पत्रकार तथा राजनीतिक दलहरुको ध्यानाकर्षण नभएको भन्दै दुखेसो व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराईली, वडा अध्यक्ष राजन बराईली, कार्यपालिका सदस्य चिनामाया श्रेष्ठ, दलित अगुवा बेगवहादुर नेपाली,राम नेपालीले आ –आफ्नो धारणा राख्दै दलित समुदायको मुद्धा उठाउनेमा मिडियाहरुको भूमिका नपुगेको विचार राखे ।
उनीहरुले दलितहरुका मुद्धा र सवालहरु उठाउने विषयमा कुनै पार्टी नभनि लाग्नु पर्ने र यस विषयमा दलित पत्रकारहरु नै अग्रसर हुनुपर्ने बताए ।

बक्ताहरुले दलित अधिकार स्थापित गर्न तथा दलितमाथिको विभेद अन्त्य गर्न राज्य नै बढी जम्मेवार तथा गम्भीर हुनुपर्ने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल धादिङका अध्यक्ष हरि विश्वकर्माको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमको संचालन राष्ट्रिय दलित पत्रकार संघ नेपाल धादिङका सचिव सुशिला विकले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।