३ फाल्गुन २०८१, शनिबार

युवा संगठन नेपाल, भरतपुर महानगरको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा गाैरव सी निर्वाचित

0

भरतपुर । युवा संगठन नेपाल, भरतपुर महानगरपालिका चितवनको तेश्रो सम्मेलन सम्पन्न भएकाे छ ।
बिहीबार सम्पन्न सम्मेलनले गौरव सीकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सम्मेलनले गौरव सीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । ३०औँ जनयुद्ध दिवसको अवसर पारी भएकाे सम्मेलनमा ३५० बढी युवाहरूकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका छन् ।
उनले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका हुन् ।
उनले दिन प्रतिदिन नेपालका युवाहरुलाई विदेशतिर बेच्नेकाम नेपालको दलाल सरकारले नै गरेको भन्दै उनीहरुले पठाएको रेमिटेन्समाथि लुट मच्चाएर रजाई गर्न विदेश बेच्ने काम गरेको टिप्पणी गरे ।
‘विदेशबाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको छ, नेपालका दलालहरुले त्यो रकममा रजाई गरेका छन्,अर्थतन्त्र लुटेका छन्’ उनले भने, ‘यसको अन्त्यका लागि नेपाली युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको छ, दलाल पुँजीवादलाई ध्वस्त पारेर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ । त्यो नै नेपाली युवाहरुको दिगो समस्या समाधान हो ।’
उनले दलाल पुँजीवादलाई ढाल्न र समाजवादमा पुग्न एकीकृत जनक्रान्तिमा युवाहरुलाई लामवद्ध हुन समेत विशेष आह्वान गरे ।
जनयुद्ध दिवशको अवसरमा भएको सम्मेलनमा अध्यक्ष दिनेश सीले जनयुद्धलाई कसैले हिंसा भन्ने गरेकोप्रति आपत्ति जनाउदै त्यो प्रतिक्रान्तिको विचलित मानसिकताको उपच भएको जिकिर गरे ।
सम्मेलनमा विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी, अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी रुद्र सी, युवा संगठन नेपालका केन्द्रिय सचिव तथा बागमति प्रदेश इन्चार्ज अनिल सी, दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्यहरुमा भरत सी, अजिव सी, महेन्द्र सी, धर्म सी, युवा संगठन नेपाल केन्द्रिय समितिका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रिय सदस्यहरुमा पारस, हिमाल सी, सन्तोष सी, सम्झना सी, आकाश सी, लगायतको उपस्थिति रहेको थियो ।

गौरव सीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन राजन सीले गरेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा युवा संगठन नेपाल केन्द्रिय संचिव अनिल सी पार्टी केन्द्रिय सदस्य तथा चितवन जिल्ला सेक्रेटरी रुद्र महानगर इन्चार्ज अजिव सीले बधाई तथा सुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।