९ मंसिर २०८१, आईतवार

जनयुद्ध दिवसको अवसरमा लमहीमा दीप प्रज्वलन

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘जनयुद्ध दिवस’को अवसरमा संयुक्त रुपमा दीप प्रज्वलन गरेका छन् ।

२९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित संयुक्त दीप प्रज्वलन कार्यक्रम भव्य रूपले दाङको लमहीमा सम्पन्न भएकोे हो । जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा लमही नगर इन्चार्ज वसन्त राज शर्मा (विक्रान्त) ले जानकारी दिए ।

नेकपा केन्द्रीय सदस्य तथा देउखुरी इन्चार्ज विक्रम सीले जनयुद्ध दिवस सयुंक्त रूपले देउखुरीभरी भव्यतापूर्वक मनाएकाे बताए । उनले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कारण आज देशमा गणतन्त्र स्थापना भएको तर जनताले आफ्नो हक अधिकार पूर्णरूपमा नपाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका इन्चार्ज विक्रमले राजतन्त्रको विदाइ गरी गणतन्त्र ल्याउन जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । 

जनयुद्धका बेला ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शहीदको सपना पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका लमही नगर इन्चार्ज दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

लमही नगर इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य मुक्ति सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बाबु राम चौधरीले सहजीकारण गरेका थिए 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।