५ जेष्ठ २०८१, शनिबार

माडीकाे शहिद चोकमा दीप प्रज्जवलन एवं शहिद स्मृति कार्यक्रम सम्पन्न

0

आज फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा नेकपा पश्चिम चितवन जिल्ला अन्तर्गत नेपाल  कम्युनिस्ट पार्टीको माडी नगर कमिटी र नेकपा माओवादी केन्द्र माडी नगर कमिटीको संयुक्त आयोजनामा बसन्तपुरको शहिद चोकमा दिप प्रज्जवलन एवं शहिद स्मृति कार्यक्रम सम्पन्न भएको छ । 

२०५२ सालमा आजकै दिन तत्कालिन नेकपा माओवादीले विभिन्न ४० बुँदा माग राख्दा सरकारले पुरा नगरेको भन्दै हतियार उठाएको थियो । माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडी विस  २०५१ फागुनमा गोरखामा केन्द्रीय समितिको ४ दिनसम्म बसेको बैठकले जनयुद्धमा जाने ऐतिहासिक निर्णय गरेको थियो भने गोरखा बैठकपछि २०५२ असारमा बसेको केन्द्रीय समितिको बैठकले वैचारिक, राजनीतिक, सांगठनिक तयारीका साथै फौजी र गैरफौजी तयारीमा गरि ७ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेको थियो। 

 २०५२ साल फागुन १ गते रोल्पाको होलेरी,रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढी तीनवटा प्रहरी चौकीमा एकैरात आक्रमण गरि कब्जामा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।