५ जेष्ठ २०८१, शनिबार

२९ औँ जनयुद्ध दिवसको अवसरमा बाँकेमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन

0

नेकपा उत्तर बाँके र नेकपा माओवादी केन्द्र बाँकेले संयुक्त रुपमा २९ औँ जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रम छुट्टाछुट्टै गरेपनि साँझ दिप प्रज्वलन कार्यक्रम संयुक्त गरेको जनाइएको छ । नेकपा पोलिट ब्युरो सदस्य बन्धु सी, जिल्ला इन्जार्ज रणदिप सी, वैकल्पिक केन्द्रीय सदस्य नारण सी, प्रतिनिधि समिति सदस्य कल्पना सी, पुर्णिमा सी लगायत जवस प्रमुखहरु सहभागी कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुन्दर योगी, प्रदेश कमिटी सदस्य बलराम काफ्ले, रेणुका खड्का, शेषकान्त चापागाई लगायत नेताकार्यकर्ताको ठूलो सहभागिता रहेको दिप प्रज्वलनको सम्पुर्ण सिँगार पटार नेकपा उत्तर बाँके इन्चार्ज रणदिपले गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रमलाई नेकपा पिबिएम बन्धु सीले सम्बोधन गरेकी थिइन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश कमिटी सदस्य बालाराम माफ्ले र रेणुका खड्काले सम्बोधन गरेका थिए । वक्ताहरुले जनयुद्ध दिवस र दिप प्रज्वलनको औचित्यबारे स्पष्ट पारे । उक्त कार्यक्रम कोहोलपुर चौराहामा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।