२२ भाद्र २०८१, शनिबार

पार्टी एक ढिक्का भएर समाजवादी क्रान्तिको आधार बनाउदैछ : रक्तिम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले बाँके जिल्लाको पार्टी एक ढिक्का भएर समाजवादी क्रान्तिको मोर्चामा लागेको बताएका छन् ।
नेकपा बाँके क्षेत्र नम्वर २ नेपालगञ्ज उपमहानगरपालिको बैठकलाई शनिबार सम्वोधन गर्दै जिल्ला इन्चार्ज रक्तिमले यस्तो कुरा बताएका हुन् ।
उनले दलाल संसदीय व्यवस्था वर्तमान राजनीतिक संकटको निकास हुन नसक्ने स्पष्ट पार्दै नेपालको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने ठोकुवा गरे । उनले समाजवादी व्यवस्थाले मात्र पार्टी भित्र र वाहिरको अन्तरविरोध समाधान हुने विश्वास दिलाए ।
बैठकले केन्द्रीय प्रतिनिधि समिति सदस्य भगत सी र सलमान सी लगायतका केही कार्यकर्ताले राजीनाम दिएको भनेर केही समय पहिले बाहिर आएको भ्रमपूर्ण कुरा सत्य नभएको स्पष्ट पारेको छ । बैठकले पार्टी संगठन सुदृढ तथा विस्तार गर्ने,जनतासंगको सम्वन्ध प्रगाड बनाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा नेकपा जिल्ला पार्टी सचिव कल्पना सी, केन्द्रीय प्रतिनिधि सदस्य सलमान सी, केन्द्रीय प्रतिनिधि सदस्य भगत सी लगायतको सहभागिता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायण सीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सागर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।