३१ भाद्र २०८१, सोमबार

कोहोलपरमा ठूलो दुर्घटना हुनबाट बचाउँदै आगो नियन्त्रणमा

0

बाँके/ जिल्लाको कोहोलपुर नगर वडा नम्बर २ शक्तिनगरमा ठूलो नोक्सानी गर्ने गरि लागेको आगो नियन्त्रमा आएको छ । आइतबार दिउँसो ४:३० बजेतिर जनक बहादुर शाहीको घरनजिकै थुपारिएको परालको खातमा आगलागी भएको थियो । उक्त आगो नियन्त्रण बाहिर जान लागेपछि वडा नम्बर २ का वडा अध्यक्ष र नेकपा बाँके जिल्ला इन्चार्ज रणदिप सीको विशेष पहलमा नगरपालिकाको दमकल प्रयोग गरि आगो नियन्त्रणमा लिएको हो । आगोले आसपासका घर तथा विद्युत तारमा ठूलो क्षती पुर्याउने अवस्थाबाट आगोको नियनणत्रणले बचाएको छ । आगो बच्चाहरुले खेलाएको लाइटरका कारण लागेको स्थानिय मंगला मल्ल शाहीले बताइनन् ।

आगो नियन्त्रणमा लागेका नेकपा इन्चार्ज रणदिप सीले एकाएक आगलागी भएको जानकारी पाएपछि पार्टी कार्यकर्तासहित सहभागी भएर आगो नियन्त्रणमा लिन सहयोग गरेको जानकारी दिए । यस्तैगरी वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले आगलागी भएको थाहा पाउने बित्तिकै नगर पालिकाको दमकल र नगर प्रहरी बोलाएको र नेकपाका नेता कार्यकर्ता र अन्य समाजसेवीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएको जानकारी दिइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।