३० बैशाख २०८१, आईतवार

मिटरब्याज र लघुवित्त पीडितको समस्या समाधान गर्न समाजवादी मोर्चाकाे संयाेजक विप्लवकाे आग्रह

0

 

काठमाडौँ । समाजवादी मोर्चा नेपालले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न जोडदार आग्रह गरेको छ ।

मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । समाजवादी मोर्चा नेपालकाे तर्फबाट मिटर ब्याज पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दै मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताकाे समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिकाे पूरा पाठ-
नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् भने समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन् । तथापि पीडित जनताका समस्या समाधान हुन सकेका छैनन् । हालै देशभरीबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिडाइ पछि काठमाण्डौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । साथै सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस् भन्ने जोडदार आग्रह गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।