२६ बैशाख २०८१, बुधबार

२९ औं जनयुद्व दिवसको अवसरमा सर्लाहीमा शुभकामना आदानप्रदान कार्यक्रम

0

सर्लाही । २९ औं जनयुद्व दिवसको अवसरमा सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले ईश्वरपुर नगरपालिकाको चौलिखा बजारमा सम्पन्न गरेको हो ।
आजा फाल्गुन १ गते तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध सुरु गरेको दिनको सम्झनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सी, अतिथि अखिल (क्रान्तिकारी) पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सी, नेकपा (माओवादीका केन्द्र)का दुखाराम चौधरी थिए । पार्टीका जिल्ला इन्चार्ज सूर्य सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमिला सीले गरेकी थिइन् भने स्वागत मन्तव्य स्ववित सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।