११ श्रावण २०८१, शनिबार

सर्लाहीमा नेकपाले अभियान चलाउने

0

सर्लाही – नेकपाले सर्लाही जिल्लाले नेपाली विशेषताको समाजवादले मात्र देशको राजनीतिक र आर्थिक समस्याहरु समाधान गर्न सक्ने भन्दै त्यसको पक्षमा व्यापक जनमत निर्माण गर्न अभियान चलाउने भएको छ । अभियान जेठ ३ गतेदेखि प्रारम्भ हुने छ ।

जेठ १ गते सर्लाही, बयलबासमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले सो अभियानको उ‌द्घाटन गरेका छन् । बैठकमा उपस्थित पार्टीका केन्द्रीय नेताहरू किम सी, कमल सीले जिल्ला सदस्यहरुलाई पशिक्षित गरेका थिए।

जिल्ला सचिव जनक सीको अध्यक्षतामा भएको बैठक‌मा जिल्ला कार्य समितिका सदस्यहर ल्वाङसिह सी, प्रमिला सी, सकुनी दनुवार, जुमराती सी, रामपुकार सी, कामेश्वर सी, रामप्रसाद, सी, सोभित सी, दलमाया सी, विष्णु मगर, बुद्ध तामाङ, बाबुराम सी, किसनदेव शर्मा, मिन सीसहित १७ जनाले सङ्‌‌गठनात्मक प्रतिवेदन मौखिक रूपमा प्रस्तुत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बैठकले सहिद कुमार पौडेलको स्मारक बनाउने, वालिङ गर्ने, सबै पालिकामा गोष्ठि गर्ने, असार ५ गते कुमार पौडेल स्मृति कार्यक्रम गर्ने, मिटर व्याजीविरुद्ध जुझारु सङ्‌घर्ष सञ्चालन गर्ने लगायतका निर्णय गरेको जिल्ला सदस्य प्रमिला सीले बताएकी छन् ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।