११ श्रावण २०८१, शनिबार

राजपुरमा आगलागी पीडितका घर टहरा बनाउदै विप्लवका नेताकार्यकर्ता

0

दाङ । नेत्रविक्रम सी (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पिडित जनताका घर टहरा बनाउन सुरु गरेको छ ।

आज बुधबारदेखि नेकपा दाङद्वारा सुरु गरिएको ३ दिनको श्रम शिविरमा २५ जना नेताकार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

श्रम शिविरमा सहभागी नेताकार्यकर्ताहरुलाई निर्देशन दिदै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेकपाको एउटा मात्रै उद्देश्य निस्वार्थ ढंगले जनताको सेवा गर्नु भएको बताए ।

उनले भने – ‘ जनतालाई जहाँ दुख , पीडा हुन्छा त्यहाँ नेपाल कम्युनिस्ट पार्टी पुग्नुपर्छ । जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी हो । हामीले राजनीति जनताको सेवा गर्नलाई गरेका हौं , जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य हाम्रो हुनुहुँदैन।’

हामीले स्टनबाजि गरेका होइनौं , उनले थप भने ,‘ जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो । यो कुनै स्टनबाजी गर्ने कुरा होइन । चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडेजस्तो पनि होईन । हामीले जति गर्न सक्छौं त्यतिमात्रै भनेका हौं । यहाँ श्रम शिविर चलाउने हामिले जिल्लामा निर्णय गरेका हौं । जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको के काम? राजपुरका जनता दुखमा हुँदा हाम्रो पार्टी टुलुटुलु हेरेर बस्ने कुरा भएन , हामीले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेका थियौ र आज श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन आएका हौं ।’

नेता सविनले आगलागी पीडितका जनताको निर्देशन अनुसार पार्टीका नेताकार्यकर्तालाई पुनर्निर्माणका विभिन्न कामकाजमा परिचालन गरिएको बताए ।

नेकपा दाङले दाङका प्रत्येक पालिकाबाट २/३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जनाएको छ भने आजबाट सुरु भएको श्रम शिविरमा लमही, घोराही, तुलसीपुर र शान्तिनगरबाट गरि करिव २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जनाइएको छ ।

नेकपा दाङले यसअघि नै राजपुर – ७ हाडबासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।