५ जेष्ठ २०८१, शनिबार

जनयुद्धकाे सपना नेकपाले पूरा गरेरै छाड्ने विकल्प सीकाे प्रतिबद्धता

0

२९ औं जनयुद्ध दिवसको उपलक्ष्यमा काभ्रेकाे धुलिखेलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रमकाे प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युराे इन्चार्ज विकल्प सीले जनयुद्धकाे अधुरा सपना नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने बताएका छन् । उनलेे भने,’याे ऐतिहासिक दिन जसले हामीलाई उर्जा प्रदान गर्दछ, महान जनताले लडे्काे प्रेरणाकाे दिनकाे रुपमा लिन सक्छौँ । जनयुद्धले १० वर्षकाे अवधिमा नेपाली जनताको ठूलो बलिदानपछि गणतन्त्र त आयाे तर जनताकाे सत्ता आएकाे छैन त्याे एकीकृत जनक्रान्तिबाट प्राप्त हुनेछ । जनयुद्धका ती महान सहिदहरु जसले साम्यवादकाे सपना देखेर आफ्नो जीवनलाई उत्सर्ग गर्नु भयाे त्याे सपनालाई हामीले कत्ति पनि विचलित हुने दिने छैनौं र त्यो सपनालाई पूरा गर्न जुनसुकै कठिन संघर्षमा पनि हामी संकल्पित र समर्पण भएर विजयमा पुर्‍याउने छाैँ । एकीकृत जनक्रान्तिमार्फत अन्तिम विजयमा पुर्‍याउने प्रतिज्ञा गर्दछौं ।’


कार्यक्रममा अतिथि केन्द्रीय सदस्य जीत सी, केन्द्रीय प्रतिनिधि तथा रामेछाप जिल्ला इन्चार्ज इन्द्र सी, तामाङ राष्ट्रिय मुक्ति माेर्चाका संयाेजक प्रेरक सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा ब्युराे जवस इन्चार्ज युगिन सी, ब्युराे सदस्य सुरेन्द्र सीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख, अतिथिहरुले सहभागी सबैलाई अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सी र संचालन काभ्रे -२ काे सेक्रेटरी/इन्चार्ज प्रताप सीले गरेका थिए । त्यसैगरी पुर्वी ताम्सालिङ ब्युराे अन्तर्गत रामेछाप, दाेलखामा पनि विभिन्न कार्यक्रम गरि २९औं जनयुद्ध दिवस मनाएकाे छ । काभ्रेको बनेपामा साझ दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।