२३ बैशाख २०८१, आईतवार

जनयुद्ध दिवस मनाउदै अखिल (क्रान्तिकारी) पूर्वी कालिकोटको जिल्ला सम्मेलन सम्पन्न

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले २९ औं जनयुद्ध दिवस आज मान्ममा भव्य रुपमा मनाएको छ ।  जनयुद्ध दिवसको कार्यक्रमसंगै अखिल क्रान्तिकारी पूर्वी कालिकोटको १४ औं जिल्ला सम्मेलन पनि सम्पन्न भएको छ ।

सम्मेलनले रोशन सीको अध्यक्षतामा २३ सदस्सीय जिल्ला समिति निर्वाचित गरको छ । जनयुद्ध दिवस र अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलनको संयुक्त कार्यक्रममा वक्ताहरुले नेपाली समाज रुपान्तरणका लािग जनयुद्धले ठुलो योगदान गरेको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य विराट सीले जनयुद्ध नेपाली जनताको मुक्तिको लागि लडिएको महान युद्ध भएको बताएका छन ।
उनले जनयुद्धलाई प्रतिगामीहरुले अपमान गरेपनि जनयुद्ध दिवस श्रमजीवी वर्गको मुक्तिको संखघोष भएको दिन भएको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले जनयुद्धलाई श्रमजीवीवर्गले उत्सवको रुपमा मनाउनु पर्ने बताए । उनले जनयुद्धकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताए । नेकपाका पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहसी सीले जनयुद्धलाई अपमान गर्नेहरु दलाल तथा साम्राज्यवादीहरुको स्वार्थसिद्धमा चल्नेहरु भएको आरोप लगाए ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज धनराज सी, अन्तर्राष्ट्रिय ब्युरो अन्तरगत मलेसियाका महासचिव तुफान सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य मिनेश सी, अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य सभ्यता सी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रभात जनसाँस्कृतिक परिवारले रोचक क्रान्तिकारी गीतसंगीत प्रस्तुत गरेको थियो । कार्यक्रम पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।