३० कार्तिक २०८१, शुक्रबार

स्कुलिङ्गमा सहभागीहरुको प्रतिक्रिया ‘विप्लव स्कुलिङ्ग ज्ञानको क्याप्सुल भयो’

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले फागुन १६ गते देखि संचालन गरेको ५ दिने स्कुलिङ्गमा सहभागीहरुले ‘विप्लव स्कुल अफ थट’ले संचालन गरेको स्कुलिङ्ग ज्ञानको क्याप्सुल भएको प्रतिक्रिया दिएका छन । स्कुलिङ्गमा सहभागीसंग जनपत्रिका डट्कमले लिएको संक्षिप्त प्रतिक्रियामा उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन । स्कुलिङ्गमा सहभागीहरुसंग लिएको प्रतिक्रिया जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौ ।


हिमशिखर सी, (नेकपा बर्दिया इन्चार्ज )
मूलतः स्कुलिङ्गबाट २१ औं सताब्दिमा एकीकृृत मानब बन्ने कुराको सुरुवात भयो । विप्लव स्कुल अफ थटले कम्युनिष्ट बन्ने कुराको गहिरो दिशानिर्देश तथा बोध गरायो । यो बेला बेला गर्न आवश्यक छ । यसले पार्टी जीवनलाई जिवन्त राख्ने देखियो । यो मेरो आफ्नै जीवनको लागि निकै फलदायी र राम्रो ज्ञान प्राप्त गर्ने अवसर प्राप्त भयो भन्ने महशुस भयो । पाँच दिने स्कुलिङ्गमा दर्शन,अर्थशास्त्र,वैज्ञानिक साजवाद,समाज विज्ञान,भौतिक विज्ञानका बारे प्रशिक्षकहरुले राम्रोसंग प्रशिक्षित पार्नु भयो । दर्शनमा नेकपाले विकास गरेको अनिश्चय,सम्भावना,रक्षा र रुपान्तरण, अर्थशास्त्रमा एकीकृत स्वामित्व र बैज्ञानकि समाजवादमा नेपाली विशेषताको समाजवादका बारे बुझने मौका पाईयो । समाज विज्ञान र भौतिक विज्ञानको पछिल्लो विकास पनि बुझने मौका पाईयो । यो ज्ञानको क्याप्सुल पनि हो । यी तमाम विषयहरुले ज्ञानको ढोका फराकीलो बनाएको महसुस गरेको छु ।


विराजन सी (नेकपा जाजरकोट पूर्वी इन्चार्ज)
विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएका समस्या र विकास हुन नसकेका विषयहरुको गहिरो ज्ञान पाईयो । यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा लिन सक्छ भन्ने विश्वास जगायो । विश्वमा किन कम्युनिष्टहरु समाजवाद स्थापना गरेर पनि असफल भए ? अब समाजवाद ल्याएपनि कसरी रक्षा गर्न सकिन्छ ? भन्ने बारे पनि वहस भयो र नयाँ ज्ञान प्राप्त भयो । नेपालमा दलाल पुँजीवाद मुख्य समस्या हो र यसलाई नफाले सम्म राज्यसत्ताको समस्या हल नहुने र स्वामित्वको प्रश्नमा पनि एकीृकत स्वामित्व नभए सम्म समाजवादी सत्ताको रक्षा गर्न कठिन हुने ज्ञान पाईयो । यो समय सान्र्दभिक लाग्यो । यसले पार्टीलाई नयाँ ठाउँमा पुर्याउछ भन्ने आसावादी छु । यस्ता स्कुलिङ्गहरु भईनै रहनु पर्छ ।


गौचन सी (नेकपा डोल्पा सेक्रेटरी)
यो राम्रो कम्युनिष्ट स्कुलिङ्ग लाग्यो । यो ६÷६ महिला भई रहनुपर्छ । यो स्कुलिङ्गले क्याप्लुसको काम गरेको छ । विरामीलाई क्याप्सुले सन्चो गरे जस्तै पार्टी भित्र आउने साना तिना समस्याहरुको समधान स्कुलिङ्ग नै हो । विचारमा कमजोर र विचलन हुने समस्या पनि रोकिन्छ । धेरैजसो कार्यकर्ता वैचारिक स्कुलिङ्गको अभावले विचलनमा पुगेका छन । यो कुरा स्कुलिङ्गले रोक्न सक्ने तागत पैदा गरेको छ । यो एक पटक होइन पटक पटक गर्नु पर्छ । पार्टीले प्रत्येक जिल्ला जिल्ला सम्म तल्लो कमिटी सम्म पनि गर्नु पर्छ जस्तो लाग्छ । स्कुलिङ्गबाट ज्ञानको ढोका खुलेको छ । यसले अध्ययन गर्ने र खोज अनुसन्धनन गर्ने वातावरण बनाएको छ । ज्ञानको भोगलाई एकहद सम्म मेटाएको मैले महसुस गरेको छु ।


महिमा सी (बाँके जिल्ला सदस्य )
राम्रो लाग्यो । दुई वर्ष अघि लिएको स्कुलिङ्ग भन्दा धेरै राम्रो लाग्यो । धेरै कुरा सिक्ने मौका पाए । यो मौका पार्टीले दिएकोमा धन्यवाद छ । यसले कम्युनिष्ट बन्ने समाजवादी बन्ने कुराको आधारभूत ज्ञान दियोे । विगतमा कम्युनिष्ट पार्टीले कहाँ कहाँ कमजोरी गरे र अब कसरी सुधार गर्नु पर्छ ? के के मा विकास गर्नु पर्छ ? नेकपाले विकास गरेको कुरा के हुन ? भन्ने बारे पनि शिक्षा लिन पाईयो । खासमा नेकपाले दर्शन,अर्थशास्त्र,वैज्ञानिक समाज लगायतका क्षेत्रमा विकास गरेको कुरा पनि थाहा पाईयो । अनिश्चय र क्वान्टम सिद्धान्तको बारे पनि जानकारी पाईयो । भौतिक विज्ञानमा भएको विकास अवको समाज विज्ञानमा जोडने कुरा पार्टीले उठाएको र सश्लेषण गरेको कुरा पनि राम्रोसंग बुझन पाईयो । यसले मलाई निकै ज्ञानमा नयाँ आयाम थपेको महसुस गरेको छु ।


खडक सी (बर्दिया जिल्ला सदस्य )

पार्टीबाट सुदर्शन कंचनहरुको भागेको टिमले छरेको भ्रम शतप्रतिसत गलत भएको महसुस भयो । उनीहरुले पार्टी संशोधनवादमा गयो भनेर भ्रम छरेका थिए त्यो भ्रम सहि होइन भन्ने मलाई सतप्रतिशत विश्वास जाग्यो । भगौडाहरुले कुरा नबुझेर भागेका रहेछन भन्ने लाग्यो । धेरै इमान्दार कार्यकर्ता भ्रमित भएर भगौडाहरु पछि लागेका छन । उनीहरु विस्तारै हाम्रै लाईन र विचारमा फर्किनुको विकल्प छैन । स्कुलिङ्गमा दर्शन,अर्थशास्त्र,वैज्ञानिक समाजवाद,समाज विज्ञान र भौतिक विज्ञानका बारे पछिल्लो विकास र विगतको कुरा राम्रोसंग बुझने मौका पाए । मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने धेरै फाइदा भएको महसुुस गरेको छु । यस्तै स्कुलिङ्ग बेला बेला चलाईरहनु पर्छ । आवश्यक परे जनता सम्म पनि लिन जरुरी छ ।


दिपक सी ( युवा संगठन केस,बाँके)
म एउटा युवा हो । मेरो लागि धेरै फाईदाजनक भयो । मलाई लाग्छ यस्तै स्कुलिङ्ग नेपालका धेरैजसो युवाहरुले लिन पाएको भए नेपालमा समाजवाद धेरै टाढा हुने थिएन होला भन्ने लाग्छ । वर्तमान राजनीतिक समस्यालाई हल गर्ने गरी स्कुलिङ्ग आएको छ । अहिलेको विज्ञानमा भएको विकास कसरी समाज विज्ञानमा बदल्ने भन्ने कुरा आएको छ । पार्टीले भौतिक विज्ञानको विकासलाई समाज विज्ञानमा जोडने गरी दर्शन,अर्थशास्त्र,र वैज्ञानिक समाजवादका क्षेत्रमा केही नयाँ संश्लेषण पनि गरेको छ । यो कुराको पनि गहिरो गरी ज्ञान लिने अवसर पाईयो । अवको कम्युनिष्ट आन्दोलनको समस्या र अभाव नयाँ संश्लेषणले पुरा गर्छकी भन्ने विश्वास पलाएको छ । यो स्कुलिङ्ग यर्थाथतामा उभिएर आएको छ । वर्तमान संकट समाधान गर्ने दिशामा उभिएर आएको छ । हामीले त्यही अनुसार तयार बन्नुपर्ने आवश्यकता बोध गराएको छ । यस्ता स्कुलिङ्ग निरन्तर चलिरहन आवश्यक छ । म यो स्कुलिङ्गबाट पूर्ण सन्तुष्टि छु ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।