३१ बैशाख २०८१, सोमबार

दलाल पुँजीवादको अन्त्य निश्चित छः भरत सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले दलाल पुँजीवादको अन्त्य निश्चित भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली व्यूरोको आयोजनामा कोहलपुरमा संचालित ५ दिने स्कुलिङ्ग कार्यक्रमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भरत सीले नेपालमा दलाल पुँजीवादको अन्त्य निश्चित भएको बताएका हुन ।

उनले अमेरिकी साम्राज्यवाद कमजोर हुदै गएको भन्दै नेपालमा दलाल पुँजीवाद पनि निकै कमजोर हुदै गएको र संकटमा परेको बताए ।
उनले देशको संकटको निकास नेपाली विशेषताको समाजवाद भएको बताए । स्कुलिङ्ग विभागका इन्चार्ज समेत रहेका नेता भरत सीले भने ‘दलाल पुँजीवादी राज्य व्यवस्था पूर्ण असफल भएको छ, यो संकटमा छ,जनताले विकल्प चाहेका छन । नेपालमा समाजवादी मोर्चाको पहलमा नेपाली विशेषताको समाजवाद नै अहिलेको अग्रगामी निकास हो ।’

उनले नेपालमा समाजवादी व्यवस्था ल्याउन सबै भन्दा पहिला माओवादी, त्यसपछि कम्युनिष्ट र वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए । नेता भरत सीले समाजवादी मोर्चा गठन हुनु र नेपाली विशेषताको समाजवादको बहस अगाडि बढनु भनेको एकीकृत जनक्रान्तिको विचारले सम्भव भएको विचार व्यक्त गरे ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरु महिमा सी,संगीन सी,खडक सी,सागर सी र गोविन्द सीले प्रतिक्रिया राख्दै स्कुलिङ्ग निकै रसिलो र फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

गत फागुन १६ गतेबाट संचालित स्कुलिङ्ग कार्यक्रम आज ५ दिन पछि औपचारिक रुपमा समापन भएको हो । स्कुलिङ्गमा प्रशिक्षक भरत सी,भेषराज सी, असल सी,प्रयास सी र तिर्थ सीले दर्शन,अर्थशास्त्र,वैज्ञानिक समाजवाद,समाज विज्ञान,भौतिक विज्ञान लगायतका विषयमा विषयगत ज्ञान दिएका थिए ।

नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।