नेकपा महासचिव विप्लव सीले आन्दाेलनरत लघुवित्त पीडितहरुलाई राहत वितरण गरेका छन् ।
जनपत्रिकालाई ढिलाे गरि प्राप्त समाचारमा जनाइएनुसार देशका विभिन्न भागबाट पैदल-यात्रा गर्दै काठमाडौं आएका लघुवित्त पीडितलाई नेकपाले आफ्नाे उत्पादनको १५० केजी चामल र ५० केजी आलु प्रदान गरेको हो । फागुन १८ गते साँझ ५ बजे गाैशालामा खुला आकाशमा रातदिन धर्ना बसिरहेका पीडितलाई महासचिव विप्लवले साे राहत वितरण गर्दै आफ्नाे पार्टी पीडित आन्दाेलनरतकाे पक्षमा रहेको बताएका थिए ।
समाजवादी माेर्चाका संयाेजकसमेत रहेका विप्लवले केही दिन अघि समाजवादी माेर्चाकाे तर्फबाट विज्ञप्ति जारी गर्दै लघुवित्त र मिटरब्याज पीडितको माग पूरा गर्न सरकारकाे ध्यानाकर्षणसमेत गराएका थिए ।
साे राहत वितरणमा पार्टी पिबिएम आजाद सीलगायतका नेताहरू उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्