३ आश्विन २०८१, बिहीबार

मधेस प्रदेशमा जनप्रतिरोध बढ्दै, लघुवित्तका कर्मचारी कार्यलय छाडेर भागे

0

संवाददाता ।
धनुषा जिल्लामा रहेको अभियान लघुवित्त संस्थाका कर्मचारी कार्यलय छाडेर भागेका छन् ।
जिल्लाको ढल्केवर शाखामा रहेको शाखामा स्थानीय लघुवित्त पीडितहरु सामुहिक रुपमा देखेपछि कार्यलय छाडेर भागेका हुन् ।
मिथिला नगरपालिका ७ चाबेडाँडाकी तारा मगरले २०७८ सालमा उक्त लघुवित्तबाट १ लाख रुपैया ऋण लिएकी थिइन् । मगरले लिएको १ लाख ऋण मध्य पटकपटक गरेर १ लाख १७ हजार ९ सय तिरीसक्दा समेत संस्थाले अझै डेढ लाख लिन भएको भन्दै पटकपटक घरमा आउने, मानसिक टर्चर दिने जस्ता गतिविधि लघुवित्तले दिदै आएको थियोे ।
लघुवित्तले अपरिचित गुन्डाहरु लगाएर समेत धाकधम्की दिएको पीडित मगरले जनपत्रिकालाई बताइन् । यो समस्यामा तारा मात्रै होइन पुष्पा मगर, गंगीमाया तामाङ, पार्वती तामाङ र आस्था तामाङ लगायतका रहेको बुझिएको छ ।
आइतबार पटकपटक लघुवित्तबाट दबाब आएको जानकारी पाएपछि नेकपाका स्थानीय नेता मन्जिरा लामा लगायतको टोलीले ज्यादती गर्ने लघुवित्तको टोली संयोजक तथा ऋण असुली प्रमुख मनिष राई लगायतलाई कालोमोसो दलेर लखेट्ने तयारी गरेको खबर पाएपछि भागेको नेकपा निकट स्रोतले बताएको छ ।
आक्रोशित महिलाहरुको समुहले ढल्केबर शाखाका कार्यलय पुग्दा शाखा प्रमुख मोहना कुमारी गुर्मागाने सहितको कर्मचारी टोलि कार्यलय बन्द समेत नगरी भागेका हुन् ।


नेकपा मधेस प्रदेशको पहिलो बैठकले गरेको निर्णय अनुसार सुदखोरी विरुद्ध प्रतिरोध गर्ने निर्णय गरेपछि जनप्रतिरोधका घटनाहरु बढेको नेकपा स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।