३१ भाद्र २०८१, सोमबार

गुठी पीडितमाथीको दमनकारी रवैया नरोके कडा संघर्ष गर्ने नेकपाकाे घोषणा

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके नेपाल कम्युनिस्ट पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।
नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गद्वारी गोरक्ष लगाएत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाई घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रेस विज्ञप्तिकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।