२३ भाद्र २०८१, आईतवार

अखिल (समाजवादी) मकवानपुरको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

अखिल (समाजवादी) मकवानपुरको दोश्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । बैठकले ६ महिने आवाधिक योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ ।

बैठकबाट जिल्ला कार्यसमितिका सबै सदस्यहरुको जिम्मेवारी बाँडफाँड भएको छ । जसमा मकवानपुर बहुमुखी क्याम्पसका संयोजक विपना सी, हेटौंडा क्याम्पसका संयोजक पाल्देन सी, निर्मल बहुमुखी क्याम्पसका संयोजक सुर्य सी बल रहेका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका संयोजक निर्मला सी, मनहरी गाउँपालिका संयोजक रोसनी सी, राक्सिराङ गाउँपालिका संयोजक आशिष सी, कैलाश गापा संयोजक आंगिता सी, गढी गाउँपालिका संयोजक रजिना सी रहेका छन् ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता, अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीको विशेष आतिथ्यता रहेको छ । त्यस्तै संगठनका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन विभागका सह इन्चार्ज विवेक सी, संगठनका केन्द्रिय सचिवालय सदस्य सुदिप सी र सुर्य सीको आतिथ्यता रहेको छ ।

बैठकका प्रमुख अतिथि राम सी र विशेष अतिथि अटल सीले बैठकलाई प्रशिक्षित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।