२२ भाद्र २०८१, शनिबार

नेकपा चन्द्रागिरीको नगर कार्यालय उद्घाटन

0

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले चन्द्रागिरी नगरपालिकामा नगर कार्यालय उद्घाटन गरेको छ । आइतबार नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीको प्रमुख आतिथ्यतामा नगरपालिका वडा नम्बर ११ स्थित सतुङ्गलमा नगर कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सचिव चिरन्जीवि सी, केन्द्रीय सदस्य धर्म सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा काठमाडौं महानगरपालिका इन्चार्ज डिआर सी, अ.ने.म.संघ क्रान्तिकारी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज बिनिता सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रताप सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै माइला सीले दलाल संसदीय व्यवस्था असफल भएकाले यसको विकल्पमा नेपाली विशेषताको समाजवाद लागु गन पार्टी स्थानीय तहलाई बलियो बनाउने योजनामा रहेको बताए । उनले त्यही योजना अनुसार चन्द्रागिरीमा पनि कार्यालय स्थापना गरेर पार्टी जनताको सेवामा लागेको जिकिर गरे ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।