११ श्रावण २०८१, शनिबार

युवा सङ्गठन गण्डकीको बैठक सम्पन्न, समाजवादी युवामैत्री संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने

0

गण्डकी/ युवा सङगठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक आइतबार पोखरामा सम्पन्न भएको छ ।
सङ्गठनले विभिन्न महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले युवाहरु समाजवाद निर्माणका मेरुदण्ड भएको बताइन् । उनले युवाहरुले देशको व्यवस्था परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली विशेषताको समाजवाद ल्याउन पनि युवाहरुको भूमिका प्रमुख हुने बताइन् । युवा जनशक्ति देशबाट पलायन भएकोप्रति चिन्ता व्यक्त गर्दै नेता शिलुले युवालाई देशमै रोजगारी दिने र देशभित्रै अडिने वातावरण बनाउनुपर्ने बताइन् ।

यस्तै नेकपाका पार्टी पोलिट ब्युरो सदस्य आजादले राज्यको उदाशिनताका कारण युवाहरुमा निराशा छाएको भन्दै युवाहरुलाई उत्साहा जगाउन समाजवाद आवश्यक रहेको बताए ।
यस्तै नेकपाका पोलिट ब्युरो सदस्य आस्था सीले युवाहरुले सपना देख्नुपर्ने र त्यो पूरा गर्न लाग्नुपर्ने भन्दै युवाहरु परिवर्तनका वाहक भएको बताइन्, उनले युवाले नै देश निर्माणको जिम्मेवारी लिनुपर्ने भन्दै समाजवाद ल्याउन अग्रणी मोर्चामा युवा रहनुपर्ने बताइन् ।
युवा संगठन नेपाल गण्डकी प्रदेशको बैठक विवेक विक्रम सीको अध्यक्षता बसेको बैठकमा युवाका फ्र्याक्सन एवं नवलपुर इन्चार्ज जुझारु सी, युवा संगठन नेपाल अध्यक्ष दिनेश सी, प्रदेश कार्यलय सचिव विकिरण सि, गोर्खा जिल्ला इन्चार्ज कपिल सी , स्याङ्जा जिल्ला इन्चार्ज उभार सी, तनहुँ जिल्ला इन्चार्ज निशान सी, पर्वत जिल्ला इन्चार्ज सुशीला सी लगायतको विशेष उपस्तिथि रहेको थियो ।
बैठकले सङ्गठनको कार्यविभाजन समेत गरेको छ भने सङ्गठन निर्माणमा अभियानलाई तीब्रताका साथ अगाडि बढाउने, सङ्घर्ष अघि बढाउने र उत्पादन कार्यमा पार्टीसँगै सहकार्य गर्नेसमेत निर्णय गरेको प्रदेश इन्चार्ज विवेक सीले जानकारी दिए ।
युवा सङ्गठनले पार्टी र सङ्गठन केन्द्रले दिएका कामहरु समेत अगाडि बढाइरहेको छ । केही दिन अगाडि मात्रै युवा सङ्गठन नेपाल गण्डकी प्रदेशले सी जातिको कानुनी मान्यताको लागी १० हजार हस्ताक्षर संकलन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।