१३ पुष २०८१, शनिबार

नेकपाद्वारा माओ दिवसको अवसरमा तुलसीपुर-३ का बाढीपहिरो पिडितलाई राहत वितरण

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।
बिहीबार पार्टीले माओ दिवसको अवसरमा तुलसीपुर-३ पनन्पुरका बाढीपहिरो पिडितलाई राहत वितरण गरेको हो ।

पार्टीले बाढीपहिरो पिडित स्थानीय रमिता चन्द र गंगाधर विश्वकर्माको परिवारलाई पार्टीले आँफै उत्पादन गरेको चामल , लत्ताकपडा, भाँडाकुँडा सहित नगद २/२ हजार राहत पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै नेकपाका पिबिएम शितल सीले अहिलेको राज्य गरिबहरुको नभएको जिकिर गरे ।

उनले भने– ‘अहिले नेपालमा चलिरहेको राज्य नेपाली मेहनतकस श्रमिक, गरिब एवम निमुखाहरुको होइन । यो राज्य यहाँका मुठ्ठीभर दलाल पुँजीपति वर्गको हो । तपाइँहरुका घर बाढीले भत्कायो, के यो राज्यका कोहि प्रतिनिधि आए? जनताको दुखमा कुनचाहिँ प्रतिनिधि सामेल भएका छन् ? त्यसैले हाम्रो पार्टीक्प कुरा के हो भने यो केवल दलाल पुजिपती वर्गको राज्य हो । यसलाई बदल्नुपर्छ भन्ने हाम्रो कुरा हो । अहिलेको राज्यव्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवाद स्थापना गर्नुपर्दछ जसले वास्तविक शान्ति, समृद्धि र स्वाधिन राज्यको प्रतिनिधित्व गर्ने गर्दछ ।’

नेता शितलले न्यायपुर्ण समाज स्थापना नहुँदासम्म नेकपाले क्रान्ति नरोक्ने समेत उद्घोष गरेका थिए ।

१३२औँ माओ दिवस तथा राहत वितरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गफाडीहरुले राज्य चलाएको बताए।

नेता सविनले भने– ‘भोट माग्दा श्रमजीवी जनताको पक्षमा , गरिबको पक्षमा भन्ने अनि चुनाव जितेपछी गरिबहरुको सर्वस्व हरण हुँदा समेत चुपचाप वस्ने अहिलेका शासकहरु गफाडीहरु मात्रै हुन् । मुलुकका जनता पिडा हुँदा नबोल्ने राज्यको काम छैन् । दलाल पुजिपतिको नियन्त्रणमा भएको राज्यलाई अब जनताले विस्थापित गर्ने बेला भइसक्यो, त्यसकारण अब यो यो देशमा समाजवादी राज्यव्यवस्था चाहिन्छ जसका लागि नेकपा जुनसुकै मोर्चा लड्न तयार रहेको छ । अब यो देशलाई गफाडीहरु चाहिएको होइन् बरु देश र जनताका निम्ति लड्ने नेकपा जस्तो दल चाहिएको हो जसलाई जनताले अनुमोदन गरिसकेका छन् ।’

नेता सविनले दाङबाट निर्वाचित सांसद, मेयर, वडा अध्यक्ष एवम सबै जनप्रतिनिधिले जनताका निम्ति केहिपनि काम नगरेको गुणासो समेत गरेका थिए ।

माओ दिवस तथा राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।