३० कार्तिक २०८१, शुक्रबार

नेपालमा लादिएकाे एमसीसी, राज्य सत्ताको संकट र निदानकाे बाटो विषयक अन्तरक्रिया पर्सामा सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी पुर्वी नारायणी ब्युरो अन्तर्गत पर्सा जिल्ला ठाेरी गाउँपालिका नेपालमा लादिएकाे एमसीसी, राज्य सत्ताको संकट र निदानकाे बाटो विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

वडा नं. ४ विजय नगर बस्तीमा भएको अन्तरकृया कार्यक्रममा नेकपाका पाेलिट ब्युरो सदस्य पुर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिम सी प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा ने.क.पा एमालेका भाेज बहादुर श्रेष्ठ, माओवादी केन्द्रका अमर श्रेष्ठलेले टिप्पणीमूलक मन्तव्य राखेका थिए । कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, किसान लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।