२ जेष्ठ २०८१, बुधबार

नेकपा केन्द्रिय उत्पादन शाखा माडीमा चैते धान रोपाइँ सुरु

0

 

चितवन । नेपाल कम्युनिस्ट केन्द्रिय उत्पादन शाखा माडीले ५ बिघा खेतमा धान रोपाइँ सुरु गरेको छ । पार्टीले आज पश्चिम जिल्ला चितवनको  उत्पादन क्षेत्रमा धान रोप्दै रोपाइँको उद्घाटन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा  तथा केन्द्रिय उत्पादन शाखा माडी इन्चार्ज सन्देश सीले ट्राक्टर चलाएर उद्घाटन गरेका हुन् । 

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता  र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टी सामूहिक उत्पादनमा जोडिएको पार्टीले यतिबेला देशैभरी विभिन्न खेतीहरु लगाएर  बाँझो जमिनमा काम गरिरहेको छ ।

माडी शाखामा पनि मकै, तरकारी, मौरी, माछापालन लगायत रहेको छ ।

धान रोपाइँमा पार्टीका नेताकार्यकर्ता तथा स्थानीयहरुको आज बिहानैदेखि खेतमा उत्साहित भएर काम गरिरहेका थिए । आज उद्घाटन भएको धान रोपाइँ निरन्तर चल्ने र ५ गते मुख्य रोपाइँ रहने उत्पादन शाखा सेक्रेटरी क्रान्ति सीले  बताए ।

धान रोपाइँ कार्यक्रममा पार्टीका पश्चिम् जिल्ला सेक्रेटरी तथा अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी,केन्द्रिय उत्पादन शाखा माडी सेक्रेटरी क्रान्ति सी ,माडी नगर इन्चार्ज टीका सी ,सेक्रेटरी आशिक सी लगायत स्थानीयबासीहरुको उत्साहजनक सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।