
अखिल नेपाल लेखक संघकी अध्यक्ष तथा कवि लेखक शाेभा दुलाललाई यो वर्षको पारिजात सृजनशील पुरस्कार प्रदान गरिने भएको छ । पारिजात स्मृति केन्द्रका महासचिव दिलकुमार श्रेष्ठले फागुन ३० गते विज्ञप्ति जारी गर्दै साे घाेषणा गरेका हुन् । केन्द्रले यो वर्षका अन्य पुरस्कार तथा सम्मान पनि घाेषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्