६ कार्तिक २०८१, मंगलवार

सहिद मित्रमणी आचार्य हत्याकाण्डका घाइते भुजेलद्वारा केन्द्रिय उत्पादन शाखा माडीकाे अवलोकन

0

सहिद मित्रमणी आचार्य हत्याकाण्डका घाइते तथा माओवादी केन्द्रका नेता विजय भुजेलले नेकपा केन्द्रिय उत्पादन शाखा माडीमा अवलोकन गरेका छन् ।

साेमबार उत्पादन शाखा माडीमा २२ बिघा जग्गा अन्तरगत १५ बिघामा लगाएको धान, ५ बिघामा रहेको माछापोखरी, बाख्रा, टनेल, तरकारी लगायतको अवलोकन गरेका हुन् ।

उनले नेकपाले गरेको कार्यको प्रशंसा समेत गरेका छन् ।अवलोलन गर्ने क्रममा नेकपा स्थायी समिति सदस्य अनिल सी, पिबिएम तथा उत्पादन केन्द्र माडी शाखा इन्चार्ज सन्देश सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी लगायत नेताहरु सङ्ग भेटघाट तथा छलफल पनि गरेका छन् ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टीको देशैभरि धान भित्र्याउने कार्यमा लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।