२९ बैशाख २०८१, शनिबार

झापामा मिटरब्याजी पक्राउ, नेकपाले दियो प्रहरीलाई धन्यवाद

0

झापा,  झापाको बिर्तामोडबाट प्रहरीले अनुचित लेनदेन (मिटरब्याजी) का आरोपीलाई  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड – ७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो ।

मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेसंगै प्रहरीले पहिलो पटक अनुचित लेनदेनका आरोपी ओलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपाले समेत यसअघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसँग व्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्वसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंह सीले बताए । उनले भने,–’ओलीलाई हामीले पटक–पटक सर्वसाधारणसँग व्यवहार मिलाउन भनेका थियौं । जिल्ला प्रशासन कार्यालयमा समेत सहमति गराउने प्रयास ग¥यौं तर उनले उल्टै धाकधम्की दिँदै सर्वसाधारणबाट चेक कटाएको हामीले पाएका थियौं ।’

अनुचित लेनदेनमा सम्लग्न आरोपी ओलीलाई पक्राउ गरेको प्रति नेकपाले प्रहरीलाई धन्यवाद दिएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टीका मेची व्यूरो इञ्चार्ज सुमन सीले प्रहरीलाई धन्यवाद दिएका हुन् ।

प्रहरीले झापामा पनि मिटरब्याजीलाई पक्राउ गर्न सुरु गरेको छ उनले भने, –’यो सुखद् विषय हो अब अन्य मिटरब्याजीलाई समेत पक्राउ गर्दै कानूनी कठघरामा उभ्याउनु पर्छ ।’

झापामा झण्डै एकसयको हाराहारीमा मिटरब्याज पीडितका उजुरी जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको बताइएको छ ।

यस अघि नेकपाले बिर्तामोड ५ स्थित नवराज बिमलीको घर कब्जा गर्दै झण्डा गाडेको थियो । सर्वसाधारणको सम्पत्ति फिर्ता गर्न मिटरब्याजीलाई आग्रह गर्दै बिमलीको घर कब्जा गरिएको घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।