                नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल नुवाकोट जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । तेस्रो जिल्ला सम्मेलनले श्रीकृष्ण सीको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्याक्षमा भरत सी, सचिव सुदर्शन सी, सहसचिव जीवन सीलगायत २७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।

बुधबार नुवाकोट जिल्ला समन्वय समितिको हलमा भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सी थिए भने विशेष अतिथि नेकपाकै केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सी, संगठनका मध्य कमाण्ड इन्चार्ज तथा पार्टी केन्द्रिय प्रतिनिधि सदस्य तिलक सी, केन्द्रिय प्रतिनिधि सदस्य सृजन सी, केन्द्रिय प्रतिनिधि सदस्य आर पि सी, केन्द्रिय प्रतिनिधि सदस्य शंकार सी, संगठनका पश्चिम तामासालिङ ब्युरो इन्चार्ज जीवन सी, अतिथिहरुमा अखिल (समाजवादी) का केन्द्रिय सदस्य रोजिना सी, युवा संगठन नेपालका रसुवा जिल्ला अध्यक्ष कुमार सी, जिल्ला पार्टी सचिवालय सदस्य बदाल सी, राम कुमार सी, विभिन्न चलचित्र क्षेत्रका नायक प्रदीप रुम्बाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि आजाद सीले आकासिएको बजार भाउका कारण जनतालाई एक छाक टार्न धौधौ भइरहेको बेला
संसदवादी दलालहरु सत्ताको जोड घटाउमा खसी बोका झैँ खुल्याम सांसदहरु किनबेचमा व्यस्त रहेकाे बताए । उनीहरूलाई जनता रोगले मरोस् या भोकले मरोस् कि केही मतलब नभएको बताए ।
उनलेे भने, ‘एकथरी दलालहरु सत्ता हात पार्ने दाउमा करोडौं लगानी गरेर खसी बोका झैँ सांसदहरु किनिरहेका छन् । नेपाली धर्तीमा असफल भएका कथित संसदीय व्यवस्थामा रमाउनेहरु सत्ता जोगाउन र सत्ता प्राप्त गर्न हदैसम्मको घृणित कार्यहरु गरिरहेको र मतदाताहरुको मतको चरम दुरुपयोग गर्दै एकथरी दलालहरु साम्राज्यवादसंग कुर्सीको भिख माग्दै जनताले दिएको मतको अवमूल्यन गर्दै पटकपटक जनतामाथि गद्दार गरिरहेका छन् भने तमासेहरु कोहि उत्सव मनाउदै ताली बजाईरहेका छन् कोहि दु:खी हुँदै गालीसहित रोदनमा डुबुल्की मार्दैछन् भने एकथरी हामी मान्छेहरु भने यो असफल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको खाकासहित पात्र फेर्ने चुनावको विकल्पमा व्यवस्था फेर्ने चुनावलाई अगाडि सारिरहेका छौँ ।’
उनलेे थपे, ‘कुनै व्यक्ति विशेषको होइन व्यवस्थाकै विकल्प खोज्ने बेला आएको र सम्पूर्ण नेपाली जनताले मुक्तिको श्वास फेर्ने छन् र समृद्धिको अनुभूति शान्ति र स्थायित्वको प्रत्यक्ष आभास गर्नेछन् ।’
त्यसैले आम परिवर्तनका हकदारहरु, क्रान्तिकारी लाल रक्षकहरुले यो घृणित असफल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थालाई रोज्नका निम्ति आग्रह गरे ।
त्यसैगरी युवा संगठनका मध्य कमाण्ड इन्चार्ज तथा केन्द्रिय प्रतिनिधि सदस्य तिलक सीले कथित संसदीय व्यवस्थामा हुने सबैखाले निर्वाचनको विकल्प खोजौँ भन्दै व्यक्ति चुन्ने निर्वाचन होइन व्यवस्था फेर्ने अभियानमा जुट्नुका साथै पार्टी र संगठनले दिएको जिम्मेवारीलाई इमानदारीका साथ आफ्नो कर्तव्यबहन गर्नको निम्ति युवाहरूलाई निर्देशन दिए ।
 यस्तै नुवाकोट जिल्ला इन्चार्ज निर्देश सीले युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन यहि चैत २४ देखि २८ गतेसम्म धनगढीमा हुने भएकाले भव्य र सभ्य रुपमा सम्पन्न बनाउन नुवाकोट जिल्ला टिमको महत्वपूर्ण भुमिका रहने बताउनुका साथै राष्ट्रघाती MCC नुवाकोटबाट मात्रै नभई नेपालबाटै लखेटेर विश्वलाई सन्देश दिनुपर्ने बताए । त्यसैगरी युवा संगठन नेपालका पश्चिम ताम्सलिङ ब्युरो इन्चार्ज जीवन सीले नेपालका दलालहरुले युवाहरुलाई बेरोजगारी बनाएर विदेशीन र तड्पिएर बाँच्न बाध्य परेको र योजनाबद्द ढंगले लागु औषध दुर्व्यसनीमा फसाइ यहाँको स्रोत साधन साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीहरुले कब्जा गरि ब्रह्मलुट मच्चाइरहेको हुँदा अब सम्पूर्ण युवाहरूले सचेतताका साथ संघर्ष गर्नुपर्ने बताए । नवनिर्वाचित युवाहरूलाई बधाई तथा शुभकामना दिदै सृजन सीले युवाहरुले अमेरिकी साम्राज्यवादी युरोपेली र विश्वभरीका युवाहरूसँग हरेक हिसाबले प्रतिस्पर्धा गर्नको निम्ति खोज अनुसन्धान र उत्पादनमा लाग्नु पार्ने बताए । आर पि सीले युवाहरूलाई समेटेर राष्ट्रघाती सम्झौता र भ्रष्टाचारी र दलालहरुको अन्त्य गर्नुपर्ने र मागेर नपाएको रोजगार अब खोसेर लिनुपर्ने बताए । अर्का वक्ता शंकार सीले युवाहरु भनेको युवा जस्तै जोश जागर भएको हुनुपर्ने बताए । कार्यक्रमकाे संचालन सन्तोष सीले गरेका थिए भने स्वागत मन्तव्य रोजिना सीले गरेका थिए ।