
झापा । नेकपा किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेतृत्वको सत्ताबाट संभव नभएको बताउँदै अब नेकपाको नेतृत्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका छन् ।
नेकपा झापाको शुक्रबार आयोजित छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनलेे साे कुरा बताएका हुन् ।
बैठकमा प्रमुख अथितिको रुपमा सहभागी उनले नेपालको सत्ता कुनैपनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा अब सबै अग्रगामी, परिवर्तनकामी शक्तिहरुले गम्भीर भएर सोच्नु पर्ने बेला आएको बताए । उनीहरु गम्भीर नबन्ने र यसरी नै सत्ताको लुछाचुंडीमा लाग्ने हो भने देश पश्चिमाहरुको षड्यन्त्रमा गम्भीर प्रकारले जाने खतरा रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्