३१ भाद्र २०८१, सोमबार

झापाको उत्पादन केन्द्रमा धान रोपाइँ कार्यक्रम सम्पन्न

0

झापाको झिल्लीस्थित नेकपा झापाको उत्पादन केन्द्रमा बिहीबार धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।

नेकपाको केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सी, पार्टी केन्द्रिय सदस्य प्रशान्त, जिल्ला सचिव संजय सी, प्रदेश सदस्य हुकुम सी र सौगात सी लगायत पार्टी नेताकार्यकर्ताको उपस्थितिमा आत्मनिर्भर कृषि उत्पादन तथा बचत समुहको आयोजनामा १ बिगाहा १० कठ्ठा जमिनमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको हो ।
धान रोपाइँ कार्यक्रमलाई उदघाटन गर्दै जिल्ला इन्चार्ज सुमन सीले नेपालमा दलाल पुजिवादी अर्थनीतिले कंगालीकरण बढाएको र परनिर्भर अर्थतन्त्रको विकास गरेकोले आफुहरुले समाजवादी अर्थनीति अन्तरगत एकीकृत पुजिको स्वामित्वको नीतिलाई लिएर देशैभर उत्पादनकाे कार्य गरिरहेकाे बताए ।
आत्मनिर्भर अर्थतन्त्रको, आत्मनिर्भर पार्टी तथा नेताकार्यकर्ता, देश र जनता भन्ने मूल नाराको साथ नेपाल कम्युनिस्ट पार्टीले कृषि उत्पादन अन्तर्गत यतिबेला देशभर धान रोपाइमा लागिरहेको छ ।
आत्मनिर्भर कृषि उत्पादन तथा बचत समुहको धान रोपाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता तथा युवा विद्यार्थी, स्थानीय जनतासहित ६ दर्जन बढीको संख्यामा सहभागी रहेको पार्टी सचिव संजय सीले बताए । यस्तै भद्रपुर उत्पादन केन्द्रमा यहि २८ गते रोपाइँ कार्यक्रम पनि गरिने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।