२२ भाद्र २०८१, शनिबार

युवा संगठन नेपालले कैलालीमा रोप्यो २ बिगाहा खेतमा धान

0

कैलाली – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले कैलालीमा धान रोपाई सम्पन्न गरेको छ । बिहीबार संगठनका अध्यक्ष दिनेश सीको विशेष उपस्थितिमा २ विगाहामा जमिनमा धान रोपाई सम्पन्न भएको हो । 

धान रोपाई कार्यक्रममा रोपाईमा संगठनका अध्यक्षसहित संगठनका प्रदेश इन्चार्ज सुशील सी, सचिवालय सदस्य कुमार सी, केन्द्रीय सदस्य रिम सीको सहभागितामा घोडाघोडीको लोहरपुरमा २ विगाहामा रोपाई सम्पन्न भएको युवा संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले जनाएको छ ।

सिंगो पार्टीसहित उत्पादनमा जोड दिएको  संगठनले देशैभर उत्पादन कार्यलाई तिब्रता दिएको र  झापा, दाङ र कैलालीमा करिब साढे ४ विगाहामा  उत्पादन गरिरहेको संगठनका अध्यक्ष दिनेश सीले बताएका छन्।  अध्यक्ष दिनेश सीका अनुसार कर्णालीमा कोदो रोप्ने कामसमेत  भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।