५ आश्विन २०८१, शनिबार

माओवादी कार्यकर्ता जहाँ भएपनि विप्लवप्रति आशा र माया गरेका छनः माओवादी केन्द्रका नेता जेम्स

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले माओवादी विभाजनले माओवादी कार्यकर्ता जहाँ भएपनि युवा तथा क्रान्तिकारी आशा लाग्दो नेता विप्लवप्रति आशा र माया गरेको बताएका छन ।

नेकपा दक्षिण कर्णाली व्यूरोले शुक्रवार नेपालगन्जमा आयोजना गरेको ‘बैदेशिक हस्तक्षेप र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नेता जेम्सले विप्लवप्रति माओवादीहरुले आसा र माया गरेको बताएका हुन ।

उनले जनयुद्धमा विप्लवको आफू सिपाही भएको स्मरण गरे । जेम्सले भने ‘म विद्यार्थीको इकाई कमिटीमा हुने बेला विप्लव विद्यार्थीको केन्द्रको उपाध्यक्ष हुनुहुन्थ्यो,जनयुद्धमा जनमुक्ति सेना हुदा उहाँ पश्चिम नेपालकै कमाण्डर हुनुहुन्थ्यो, परिस्थितिले हामी जहाँ भएनि उहाँप्रति आशा र माया छ ।’

उनले विप्लवको पार्टीमाथि आक्रममण हुदा आफूमाथि आक्रोस पैदा हुने गरेको बताए । नेता जेम्सले प्रचण्डलाई गम्भीर हुन सुझाव दिदै सिंगो माओवादी आन्दोलन एकताबद्ध गर्न सुझाव दिए ।

उनले भने ‘हिजोका दिनमा कुन नेताको कहाँ कमजोरी भयो त्यो समिक्षा गर्नुपर्छ, तर अबको आवश्यकता दलाल पुँजीवाद र साम्राज्यवादसंग लड्नु छ, त्यसका लागि सबै माओवादी कम्युनिष्टहरु एकताबद्ध हुनुपर्छ ।’

उनले आवश्यक परे फटाहा तथा देश र जनताका घातक तत्वहरु विरुद्ध आफू रगत बगाउन तयार भएको पनि प्रतिबद्धता व्यक्त गरे । नेता जेम्स जनयुद्धको बेला जनमुक्ति सेना नेपालको कुशल कमाण्डर थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।