१७ बैशाख २०८१, सोमबार

महासचिव विप्लवद्धारा नयाँ बर्षको सुस्वास्थ्य, समृद्धि, एकता, भातृत्व, सदभाव र स्वाधीनताको शुभकामना व्यक्त

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नयाँ बर्ष २०८१ सालको सुस्वास्थ्य, समृद्धि, एकता, भातृत्व, सदभाव र स्वाधीनताको शुभकामना व्यक्त गरेका छन ।

नेकपाको केन्द्रीय कार्यालय शिवगढीबाट शनिवार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले देश विदेशमा बस्ने सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, समृद्धि, एकता, भातृत्व, सदभाव र स्वाधीनताको शुभकामना व्यक्त गरेका हुन ।

महासचिव विप्लवले आफ्नो शुभकामना सन्देशमा सम्पूर्णखालका पछौटेपन,निरासा,अविश्वासबाट मुक्त भएको देश नयाँ बर्षमा होस भन्ने शुभकामना दिदै अलिकति भएपनि आफ्नै देशमा पसिना बगाउन पाउने र जनताको सेवा गर्दै रमाउन पाउने नयाँ बर्ष बनोस भन्ने शुभकामना दिएका छन ।

उनले भनेका छन ‘हाम्रै देशको जानतासंग बसेर हाम्रै देशमा रमाउन पाउँ, अलिकति पसिना बगाउन पाउँ र देशको सेवा गर्न पाउँ ।’

महासचिव विप्लवले नयाँ बर्ष नयाँ जीवनको निर्माण गर्ने बर्ष बनोस भन्ने सदिक्षा प्रकट गरेका छन । उनले शुभकामना सन्देशमा भनेका छन ‘हामी एउटा नयाँ जीवन थोरै भएपनि यो बर्षमा निर्माण गर्न पाउँ,नयाँ जीवनतिर बढाउन पाउँ,यो बर्ष सबैको प्रगति,उन्नति,समृद्धि होस,देशले स्वाधीनताको बाटो पक्रियोस ।’

महासचिव विप्लवले वितेको २०८० सालमा थुप्रै नयाँ खालका अनुभूतिहरु संंघर्ष,सहकार्य र तिता मिठा कामहरु गरेर पार गरेको स्मरण गरेका छन । उनले दृढ आशावादी हुदै नयाँ बर्ष सबैका लागि उत्साहपूर्ण,आशावादी र विश्वासको बर्ष हुने अपेक्षा पनि गरेका छन ।

भिडियो सन्देश

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।