१७ बैशाख २०८१, सोमबार

कठोर श्रम, सरल जीवन समाजवादको निम्ति अनिवार्य छ : विप्लव सी

0

बुटवल: जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभाको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उत्पादनको नेतृत्व गर्नेले राज्यसत्ताको नेतृत्व गर्ने बताएका छन् ।

शिवराज न.पा.-९ कपिलवस्तुमा आयोजित साधारणसभा उद्घाटन गर्दै महासचिव विप्लवले देशभरका छरिएका उत्पादन प्रणालीलाई एकत्रित गर्दै बृहत् उत्पादन गराउने उद्देश्य समेत रहेको बताए ।

चितवन, कपिलवस्तु, बर्दिया लगायतका जिल्लामा छरिएर भइरहेको उत्पादनलाई कृषि सहकारीमार्फत विशाल उत्पादन बढाउने योजना रहेको बताए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य रणवीर सी, पिबिएम विजय सी, पिबिएम एवम् पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सन्जीव सी, पिबिएम असल सी, सल्लाहकार सन्तोषी सी, प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
राजुप्रसाद पौडेल (सन्देश सी) को अध्यक्षता र संन्चालक दिनेश सीको सञ्चालनमा भएको कार्यक्रममा सहकारी अगुवा र नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।