७ आश्विन २०८१, सोमबार

समाजवादी व्यवस्था जनताको समस्या समाधानसंग जोडिएको व्यवस्था होः रक्तिम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले समाजवादी व्यवस्था जनताको समस्या समाधानसंग जोडिएको व्यवस्था भएको बताएका छन ।

शनिवार नेकपा बाँके कोहलपुर नगरकमिटिको बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज रक्तिमले जनताको समस्याहरु दलाल व्यवस्थामा बढदै गएको र देश संकटमा परेकाले त्यसको निकास समाजवादी व्यवस्थाले दिने बताएका हुन ।

उनले नेपालमा दलाल संसदीय व्यवस्थाले जनताको समस्या समाधान गर्नेतिर भन्दा पनि एक पछि अर्को समस्या थपेको जिकिर गरे ।
उनले भने ‘दलाल संसदीय व्यवस्था अब जनतालाई स्वीकार छ्रैन, यो असफल भईसक्यो, देश र जनताको समस्यासंंग जोडिएको र समाधान दिने व्यवस्था समाजवाद मात्र हो । नेपाली विशेषताको समाजवादी व्यवस्थामा हामी जानुपर्छ ।’

नेकपाका पोलिट व्यूरो सदस्य समेत रहेका नेता रक्तिमले जिल्लामा जनतासंग जोडिएको संगठन बनाउन सहभागीलाई निर्देशन दिए । उनले बाँकेमा विगत देखि संगठन निमार्ण हुन नसकेको आपसी सहकार्य र समझदारीमा कमी हुदै आएकाले पार्टी शशक्त हुन नसकेको बताए ।

उनले पार्टीलाई सक्रिय बनाउन पुराना नयाँ सम्पूर्ण कार्यकर्तालाई काममा सक्रिय रुपमा सहभागी गराउन र जनतामा संगठन निमार्ण गर्न सुझाव दिए । बैठकले केन्द्रीय समितिको बैठकले ल्याएको ६ महिने योजनालाई कार्यान्वयन गर्ने र जनतासम्म पुग्ने निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।