३ आश्विन २०८१, बिहीबार

मंगलसेनको स्मृतिमा सहयोग वितरण

0

नवलपूर/ नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिका सल्लाहकार संयोजक चित्तलसिंह राना ‘मंगलसेन’ को स्मृतीमा बिहीबार सहयोग वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

उहाँको सी संस्कृति बमोजिम सहयोग वितरण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा अप्सरा खन्डलुक देवचुली ६, मोतिसरा राई देवचुली ११, आईतामाया पुलामी देवचुली १२, पहल सिं कामी देवचुली १३, टिकाराम घर्तीमगर कावासोती १० लाई सहयोग वितरण गरिएको थियो ।  सहयोगमा प्रत्येक ब्यक्ति लाई चामल २५ किलो, नुन १ किलो, दाल १ किलो र तेल १ पोका दिइएको थियो ।

अन्त्येष्टि पश्चात उहाको स्मृतिका अक्षयकोष स्थापना,  वृक्षारोपण कार्यक्रम,  सहयोग वितरण,  श्रद्धाञ्जली सभा लगायत सी सस्कृति बमोजिम गरिने नवलपूर इन्चार्ज पदम सीले जानकारी गराउनुभयो ।

  लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रीय ६१ बर्षिय मंगलसेन को असार ९ गते आईतबार दिउसो ३ बजे चितवनको भरपूर क्यान्सर अस्पतालमा उपचारको सिलसिलामा उहाको निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।