२ कार्तिक २०८१, शुक्रबार

सी संस्कृति बमोजिम नेता मंगलसेनको अन्त्येष्टि

मंगलसेनको सपना समाजवाद स्थापना : बिषम सी

0

 

नवलपुर/ लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा सक्रीय नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिका सल्लाहकार संयोजक चित्तलसिंह राना ‘मंगलसेन’ को आज अन्त्येष्टि गरिएको छ । उहाँको सी संस्कृति बमोजिम अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टी अगाडी नेकपाले आयोजना गरेको श्रध्दाञ्जलि सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बिषम सीले नेपालको कम्युनिष्ट आन्दोलनमा मंगलसेन ले खेल्नुभएको भुमिकाको मुक्तकण्ठ ले प्रशम्सा गर्दै,  उहाले समाजवादको सपना देखेको र त्यो सपना नेकपाले पूरा गर्ने बताउनुभयो ।

असार ९ गते आईतबार दिउसो ३ बजे चितवनको भरपूर क्यान्सर अस्पतालमा उपचारको सिलसिलामा उहाको निधन भएको थियो । ६१ बर्षिय मंगलसेन जनयुद्द को महान सहिद रमा राना मगर क. पुष्पाको सहोदर बुवा हुनुहुन्थ्यो ।

तत्कालिन जनयुद्द देखी एकिकृत जनक्रान्तीसम्म निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा रहनुभएका मंगलसेन ले पार्टीका विभिन्न भुमिका निर्वाहा गर्नुभएका थिए । उहाको अन्त्येष्टि सी सस्कृती बमोजिम गरेको नेकपा नवलपूरका इन्चार्ज पदम सी ले जानकारी दिनुभयो ।

अन्त्येष्टि पश्चात उहाको स्मृतीका अक्षयकोष स्थापना,  वृक्षारोपण कार्यक्रम,  श्रध्दाञ्जलि सभा लगायत सी सस्कृति बमोजिम गरिने इन्चार्ज पदमले जानकारी गराउनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।